दुर्घटनामा परेका राप्रपाका नेता श्रेष्ठको निधन

जेष्ठ २२, २०७९

मोटरसाइकल दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । दिक्तेलको रत्नपार्कमा शुक्रबार अपरान्ह मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते श्रेष्ठको उपचारका क्रममा काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आज निधन भएको हो । 

मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका चालक १७ वर्षीय अभिषेख राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईले आमा विष्णुमाया राईलाई लिएर दिक्तेल बजार आउँदै गर्दा दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स अगाडि दुर्घटना भएको थियो । दुर्घटनाकै दिन हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । श्रेष्ठले गत स्थानीय चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनु भएको थियो । 


प्रतिक्रिया