प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ २५, २०७९

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्ने उल्लेख गर्नुभएको छ ।

प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनुका साथै मुलुकको ब्यापार घाटा न्यूनीकरणमा योगदान पुर्‍याउने महत्वाकांक्षी नीति लिएको छ । प्रदेश सरकारले कृषि तथा पशुधन बिमा र सहुलियत कर्जा, किसान परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्र्तगत स्थानीय तह, कृषि सहकारी कृषि समूह र निजी क्षेत्रसँगको सहकार्यमा ‘एक पालिका, एक उत्पादन’ कार्यक्रम ल्याएको छ । 

त्यस्तै, पर्यटन, उद्योग, भौतिक पूर्वाधार, वन तथा वातावरण, उर्जा, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रलाई कार्यक्रममा समेटेको छ ।  


प्रतिक्रिया