गण्डकी प्रदेशका लागि ३५ अर्वको बजेट पेश

असार १, २०७९

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गर्नु भएको छ । 

प्रदेश सभाको आज बसेको बैठकमा उहाँले ३५ अर्व ९० करोड ९० लाखको बजेट पेश गर्नु भएको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षको लागि बजेटको आकार बढेको बताउनुभयो । चालुतर्फ १३ अर्व २६ करोड र पुँजीगततर्फ २२ अर्व १४ करोड बजेट रहेको छ । बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्व बढी रहेको छ । 

चालु आवको लागि सरकारले ३० अर्वको बजेट ल्याएको थियो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । 


प्रतिक्रिया