काठमाण्डौं महानगरले स्रोतमै फोहोर वर्गीकरण गर्ने

असार ५, २०७९

काठमाण्डौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको बताउनुभयो ।

काठमाण्डौं महानगरभित्र थप दुई वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई हुने व्यवस्था मिलाइने उहाँको भनाई थियो । यस्तै संस्थागत विद्यालयको शुल्क वैज्ञानिक बनाइने उहाँको भनाई थियो ।

दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको विद्यालयका रुपमा स्थापना गर्ने पनि महानगरले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस्तै विपन्न नागरिकका लागि महानगरभित्रका अस्पतालहरुमा निशुल्क उपचारको व्यवस्था मिलाइने मेयर साहको भनाई थियो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलाको प्रयोग निषेध गरिने भएको छ । 


प्रतिक्रिया