भारतीय निर्माण कम्पनीले काम छाडेर फर्किने

असार ७, २०७९

भारतको बथनाहा–विराटनगर रेलमार्गको जग्गा विवाद नसुल्झिए भारतीय निर्माण कम्पनीले काम छाडेर फर्किने भएको छ । दुई महिनाभित्र भारत सरकारले बथनाहा–विराटनगर रेल सेवा सञ्चालनको तयारी गरेको छ । सो समयसम्ममा जग्गा विवाद समाधान नभए बाँकी काम छोडेर निर्माण कम्पनी फर्कने स्थिति निर्माण भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार रेलमार्ग निर्माणको भारत सरकारबाट ठेक्का पाएको कम्पनीले जग्गा विवादका कारण परियोजनाको समयावधि लम्बिदै गएकाले चाँडै समाधान नभए काम अघि बढाउन नसक्ने बताएको हो । 

यसअघि प्रदेश १ को प्रदेश सभामा विपक्षी दल एमालेले भारतीय पक्षले दुई महिनाभित्रमा रेलमार्गको जग्गा विवाद समाधान नगरे काम रोकेर फर्किने तयारी गरेको भन्दै प्रदेशसभा सरकारको ध्यानाकर्षण गराएको थियो । एमालेका प्रदेश सांसद एवं पुर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारलाई तत्काल रेलमार्गको जग्गा विवाद समाधान गरेर भारतलाई संरचना निर्माणका लागि जग्गा हस्तान्तरण गर्न माग गर्नुभएको थियो । 


प्रतिक्रिया