एआरएनएद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ सहयोग

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

गैरआवासीय नेपाली संघ एनआरएले राष्ट्रिय आविस्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्यले आज सो रकम हस्तान्तरण गर्नुभएको हो । 

विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्र माध्यम बन्न सक्ने आचार्यले बताउनुभयो । कार्यक्रममा पुनले नेपालमै उत्पादन वृद्धि गर्न केन्द्रले हरसम्भव काम गरिरहेको बताउनुभयो । आन्तरिक उत्पादनले व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना गर्न मद्दत पुग्ने पुनले बताउनुभयो ।  


प्रतिक्रिया