चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

लागूऔषध र्दुव्यशनमा फसेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसीका संचालक ४२ वर्षीय डिल बहादुर कार्कीसहित नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राज कुमार तामाङ, सोही स्थानका २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गाका २४ वर्षीय संजय पुतुवार पक्राउ परेका हुन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 प्रहरीले फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया