सुर्खेतमा बर्डफ्लु

असार ९, २०७९

सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्कीमा बर्ड ºलू देखिएको हो । बर्ड ºलू देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ । साथै त्यस वरपरको क्षेत्र स्यानिटाइज गर्ने निर्णय पनि बैठकले गरेको छ । 

पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राती आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिनु भएको छ । 


प्रतिक्रिया