इलाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९ | इलाम

इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका–६ का ५० वर्षीय जयकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । जीपका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया