दुर्घटनामा परेका थप ४ जनाको मृत्यु

असार २१, २०७९

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा परि घाइते ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ पुगेको छ । 

९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते मध्ये ४ जनाको धुलिखेल अस्पतालमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । 

२० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस बिहान खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो ।  


प्रतिक्रिया