कर्णालीबाट जडिबुटी निर्यात: चार वर्षमा साढे ११ करोड राजस्व संकलन

असार २९, २०७९

कर्णाली प्रदेशले पछिल्लो चार आर्थिक वर्षमा प्रदेशमा रहेका जडिबुटी निर्यात गरी करिब साढे ११ करोड राजस्व संकलन गरेको छ । प्रदेश वन निर्देशनालयका अनुसार कर्णालीले प्रदेशका वन क्षेत्रमा उत्पादन हुने जडिबुटी निर्यात गरी ११ करोड ३७ लाख ६४ हजार ७४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेशले चालु आर्थिक वर्ष ०७८/७९ मा मात्रै जडिवुटीतर्फ तीन करोड ३६ लाख नौ हजार पाँच सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्लो चार वर्षको मात्रै तथ्यांक हेर्दा सबैभन्दा बढी राजस्व आर्थिक वर्ष ०७६/७७ मा चार करोड १२ लाख ९७ हजार दुई सय ३७ रुपैयाँ संकलन गरेको छ । प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत नवराज पौडेलले आर्थिक वर्ष ०७५/७६ मा एक करोड ९६ लाख ६१ हजार दुई सय ९७ रुपैयाँ जडिबुटी मार्फत राजस्व संकलन गरेको बताउनुभयो । 

यस्तै, आव ०७७/७८ मा एक करोड ९१ लाख ९५ हजार नौ सय ५२ रुपैयाँ राजस्व आम्दानी गरेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी जडिबुटी विक्री वितरण गरी आम्दानी गर्नेमा हुम्ला रहेको छ । हुम्लाले चालु आवमा एक करोड ८७ लाख १६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । 


प्रतिक्रिया