कर्णाली प्रदेश सरकारले फोहोरबाट उर्जा उत्पादनका लागि प्रविधि जडान गरिने

भाद्र ११, २०७९ | काठमाडौं

कर्णाली प्रदेश सरकारले फोहोरबाट उर्जा उत्पादनका लागि प्रविधि जडान गर्ने भएको छ । फोहोरलाई उर्जामा रुपान्तरण गर्न चालू आर्थिक वर्षको पहिलो चरणमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । 

जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहका अनुसार कर्णालीका सबै जिल्लामा विद्युत पुर्‍याउने लक्ष्यसहित प्रविधि जडान गर्न लागिएको हो । पहिलो चरणको काम सफल भएमा फोहोरबाट विद्युत् निकाल्न अन्य क्षेत्रमा पनि विस्तार गरिने उहाँको भनाइ छ । 

मन्त्रालयका सचिव देवराज निरौलाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सौर्य प्रविधि जडान कार्य समेत गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार कर्णालीमा फोहोरबाट उर्जा उत्पादन गर्ने कार्य पहिलोपटक अभ्यास गर्न लागिएको हो ।


प्रतिक्रिया