वीरेन्द्रनगरमा अवैध संरचना हटाउन सुरु

भाद्र २९, २०७९ | सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा अवैध संरचनाका कारण सडक विस्तारमा कठिनाइ भएपछि संरचना हटाउन थालिएको हो ।
नगरपालिकाले सात दिनभित्र संरचना हटाउन सूचनासमेत जारी गरेको थियो । नगरपालिकाले मंगलगढी चोकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक छेउमा रहेका अशोकका रुखहरु हटाउन थालेको छ ।
मुख्य बजार क्षेत्र मंगलगढी–गणेश चोकसम्मको करिब एक हजार सात सय मिटर सडक विस्तार गर्न अवैध संरचना हटाउन लागेको नगरपालिकाले जनाएको छ ।