वनमा पहुँच घटाउदै लगेको रुपन्देहीका उपभोक्ताहरुको गुनासो

आश्विन ७, २०७९ | बुटवल

बिरुवा र आफैले संरक्षण गरेको जंगलमा पहँुच कम हुन थालेको भन्दै उपभोक्ता समितिले गुनासो गरेका छन् । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले बुटवलमा आयोजना गरेको वनमा लैंगिकता सामाजिक समावेशीकरण तथा उपभोक्ताको पहुँच विषयक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।

वन हरियाली र वातावरण संरक्षणका लागि मात्रै हो कि उपभोक्ताको आय वृद्धि र देशको संवृद्धिका लागि पनि हो यसबारे स्पष्ट हुन उनीहरुले आग्रह गरे ।

संरक्षण गर्ने उपभोक्ताको अधिकार खोसिने र पहुँच घट्ने गरी संघीय र प्रादेशिक ऐन बनेको भन्दै उपभोक्ताहरुले त्यसलाई सच्चाउन समेत माग गरे । वनबाट राज्यले फाइदा लिने हो भने वन र संवृद्धिलाई जोडेर वन व्यवस्थापन योजना बनाउन कार्यक्रममा सहभागीले सुझाब दिएका छन् । 


प्रतिक्रिया