मुगुमा ७ सय उम्मेदवारलाई जरिवाना

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७९ | मुगु

मुगुमा स्थानीय तहको निर्वाचनमा खर्चको विवरण समयमै नबुझाउने ७ सय ८ उम्मेदवारलाई जरिवाना तिर्न जना जिल्ला निर्वाचन कार्यालयले ताकेता गरेको छ । नगर प्रमुख उपप्रमुखपदमा उम्मेदवार बनेकालाई ४ लाख ५० हजार, नगरको वडाअध्यक्ष सदस्यका उम्मेदवारलाई २ लाख जरिवाना तोकिएको जिल्ला निर्बाचन कार्यालयका सुचना अधिकारी धनकृष्ण बडुवालले बताउनुभयो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारलाई १ लाख ५० हजार जरिवाना तोकिएको छ । 


प्रतिक्रिया