पहिरोले कालीकोटको जनजीवन अस्तब्यस्त

आश्विन ३१, २०७९ | कालीकोट

दशैको दिनदेखि सुरु भएको बेमौसमी वर्षापछि गएको पहिरोले कालीकोटको जनजीवन अस्तब्यस्त बनेको छ । लगातार एक साताको झरीले पहिरोको उच्च जोखिम मानिने कालीकोटलाई अस्तब्यस्त बनाएको हो ।

 जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ रामहरि शर्माले तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । यस्तै अन्य विभिन्न सथानमा ५ जनाले ज्यान गुमाएका छन् । ९ वटै स्थानीय तहमा गरी ५ सय ९० घर पूणरुपले भत्किएका छन्, भने ७ सय ४२ घर आशिंक रुपले भत्किएका छन् । ७ सय १३ घर अझै उच्च जोखिममा छन् । 


प्रतिक्रिया