पाँचथरमा मनाइयो नेपाल संम्वत

कार्तिक ९, २०७९ | पाँचथर

पाँचथरमा शंखधर साख्वाको जन्म जयन्ती अर्थात नेपाल सम्वतका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सदरमुकाम फिदिममा नेवारी संस्कृतिमा आधारित झााकी सहित र्‍याली र शुभकामना आदान प्रदान गरिएको हो ।

गोर्वधन पुजा र म्ह पुजासंगै मनाइएको नेपाल संम्वतका अवसरमा जिल्ला स्थित सुरक्षा निकाय र स्थानीय तहका प्रमूखसागै जातीय संस्थाका प्रमूख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल संम्वतका अवसरमामा निकालिएको र्‍याली फिदिम बजार परिक्रमा गर्दै पााचथर उद्योग वाणिज्य संघको सभा हलमा पुगेर शुभ कामना आदान प्रदान कार्यक्रममा परिणत भएको हो ।


प्रतिक्रिया