रुपन्देहीमा जनमुक्तिका ७ जनाको उम्मेदवारी निष्क्रिय

कार्तिक १२, २०७९ | रुपन्देही

सत्तारुढ गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक अर्कालाई सघाउने भएका छन् । यससंगै रुपन्देही २ मा जनमुक्तिका उम्मेदवारलाई गठबन्धनले सघाउने भएको छ । अन्यमा जन्मुक्तिका सातजनाको उम्मेदवारी निष्क्रिय पारिएको छ । गठबन्धन र जनमुक्ति पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय भएकाले सातजना उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारिएको बताएका छन् । 

जस अनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । 

जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगरको उम्मेदवारी निष्क्रिय पारिएको गठबन्धन र जनमुक्तिद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ । 


प्रतिक्रिया