ओलीको कारण नयाँ दल बनाउनु पर्‍यो : नेपाल

कार्तिक १५, २०७९

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीको अराजक कृयाकलापका कारण नयाँ दल बनाउनु परेको बताउनु भएको छ । जनकपुरमा आयोजित बृहद् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै उहाँले नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई तिहाईको बहुमत जोगाउन नसकेको आरोप लगाउनुभयो ।

देशलाई दुर्घटनामा लग्न खोजेकाले बिद्रोह गर्नु परेको उहाँको भनाई थियो । ओलीमाथि पार्टीभित्र गुटबन्दी गरी अन्य नेताहरुलाई गुलाम बनाउन खोजेको उहाँको आरोप थियो । नेकपा एकीकृत समाजवादी पार्टीबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य तर्फ रामचन्द्र झाले उम्मेदवारी दिनु भएको छ । 


प्रतिक्रिया