गैंडाको खाग र बाघको दाह्रा गायब : निकुञ्जका स्टोरकिपर निलम्बित

कार्तिक २८, २०७९ | बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो कार्यालयमा राखिएको स्टोरबाट गैंडाको खाग र बाघको दाह्रा गायब भएको भन्दै पूर्व जिन्सी शाखाका पूर्व प्रमुखलाई निलम्बन गरिएको छ । अनुसन्धानका लागि जिन्सीफाटका पूर्व प्रमुख सिनियर गेमस्काउट सुभाष थारुलाई आज निलम्बन गरि कारवाही चलाएको निकुञ्जका प्रमुख अशोक कुमार भण्डारीले बताउनुभयो । 

शाखामा रहेको सामानको अभिलेख गर्ने क्रममा गैडाको एउटा खाग र बाघको २५ वटा दाह्रा गायब भएपछि निकुञ्जले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । गत साउन २२ गते अघि घटना भएपनि सार्वजनिक नगरि दशै अघि गायब पारिएको विभागलाई निकुञ्जले जानकारी गराएको थियो । 

आखेटापहार राखिएको नायब सुब्बा नभएका कारण सिनियर गेमस्काउट थारुको जिम्मा दिइएको थियो । नासु सरुवा भइ आएपछि थारुले जिम्मेवारी दिदा त्यहा राखिएको वन्यजन्तुको अंग फेला नपरेको हो । निकुञ्जका कर्मचारीको आवास त्यही हुनु र सुरक्षाको व्यवस्था कडा भएपनि आखेटापहार गायब हुनुलाई कर्मचारीको संलग्नता भएको आशंका गरिएको छ ।

निकुञ्जको पुरानो कार्यालयको एउटा कोठामा वन्यजन्तुको अंग र अन्य कोठामा महिला गेमस्काउटको आवास रहेको छ । गैंडाको खाग र बाघको दाह गायब पारिएको घटनाको आशंकामा कर्मचारीको वित्तिय र कल विवरण हेर्ने काम भई रहेको निकुञ्जले जनाएको छ । वन्यजन्नतुका अंग बेचिएको हुन सक्ने आशंकामा शंकाको घेरामा रहेका कर्मचारीको वित्तिय विवरण लिन छानविन समितिले राष्ट्र बैंकलाई पत्र काटेको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।

महिला गेमस्काउट बसेको आवास भएका कारण सिसी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको निकुञ्ज स्रोतले जनाएको छ । पूर्व तयारी अनुसार वन्यजन्तुको अंग गायव पारिएको आशंका रहेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले बताउनुयो ।

यसैगरि वन्यजन्तु अपराध नियंत्रण शाखाका प्रमुख मनोज शाहको संयोजकत्वमा ६ सदस्यीय छानविन समितिले काम शुरु गरेको छ । उक्त समितिमा विभागका कानुन अधिकृत,नेपाल प्रहरी,सआिइबीका प्रतिनिधी र विभागका अधिकत रहेका छन । घटनाको निष्पक्ष छानविन भई रहेकोले दोषी कुनै हालतमा उम्कन नदिने प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।


प्रतिक्रिया