गण्डकीका भौतिक पूर्वाधार शहरी बिकास मन्त्री खड्का बर्खास्त

कार्तिक २९, २०७९

गण्डकीका भौतिक पूर्वाधार शहरी बिकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् । आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि निष्कृय रहेका खड्कामाथि पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप छ । 

खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खड्कालाई बर्खास्त गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । 


प्रतिक्रिया