मुस्ताङ प्रदेश सभा १ मा कांग्रेसका गुरुङ विजयी

मंसिर ५, २०७९ | पोखरा

मुस्ताङको प्रदेश सभा १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नाम्डु गुरुङ विजयी हुनु भएको छ । गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत प्राप्त गर्नुभयो । 

विष्ट यसअघि सो क्षेत्रबाट प्रदेश सांसद हुनुहुन्थ्यो । सो क्षेत्रमा १ हजार ८५५ मत खसेकोमा १४ मत बदर भएको थियो । प्रतिनिधि सभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनु भएको थियो ।


प्रतिक्रिया