अर्घाखाँची १ (१) मा एमालेका आचार्य विजयी

मंसिर ७, २०७९ | अर्घाखाँची

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य निर्वाचित हुनु भएको छ । राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गर्दै आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

आचार्यले २० हजार ५ सय १८ मत ल्याएर दोस्रो पटक निर्वाचित हुनु भएको हो । आचार्यका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नुभयो । २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । 

उहाँ लुम्बिनी सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री समेत बन्नु भएको थियो । राप्रपाका झविन्द्र फुल्लेलले ८ सय ७९ र एकीकृत समाजवादीका रामबहादुर चौहानले ३ सय ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया