दाङ–१ (२) मा कांग्रेसका खड्का निर्वाचित

मंसिर ८, २०७९ | दाङ

दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार २ सय २२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका कुल बहादुर केसीले १३ हजार १ सय ७० मत ल्याउनु भएको छ ।

खड्का र केसीको मतान्तर ३ हजार ५२ रहेको छ । खड्का कांग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुनुभएको हो । २८ वर्षिय खड्का जिल्लाका कान्छा प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । एमालेका केसी २०७४ मा एमालेबाट लमही नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । 


प्रतिक्रिया