सिरहा २ मा जसपाका यादव निर्वाचित

मंसिर १०, २०७९ | सिरहा

सिरहाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादव विजयी हुनु भएको छ । 

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई १ हजार १ सय ५० मतान्तरले पराजित गर्दै राजकिशोर यादव विजयी हुनु भएको हो । 

जसपाका राजकिशोर यादवले २४ हजार १ सय ७८ मत ल्याउँदा कांग्रेसकी चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया