सिरहा २ (१) मा जनमत पार्टीका यादव विजयी

मंसिर १०, २०७९ | सिरहा

सिरहा क्षेत्र नम्बर २ (१) मा जनमत पार्टीका उम्मेदवार संजय कुमार यादव विजयी हुनु भएको छ ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं जसपाका उम्मेदवार विजय कुमार यादवलाई ६ सय ४४ मतान्तरले पराजित गर्दै संजय कुमार यादव प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

संजय कुमार यादवले १२ हजार १ सय ७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जसपाका विजय कुमार यादवले ११ हजार ५ सय २७ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी, सिरहा क्षेत्र नम्बर २ (२) को प्रदेश सभा सदस्यमा एमालेका शत्रुधन प्रसाद सिंह विजयी हुनु भएको छ । 

सिंहले एकीकृत समाजवादीका मदन सेन प्रसाद श्रीवास्तवलाई २ हजार ७ सय ७२ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा नर्वाचित हुनु भएको हो ।

 सिंहले १३ हजार ७ सय ९७ मत प्राप्त गर्नु भयो भने श्रीवास्तवले ११ हजार २५ मत पाउनु भएको छ । 


प्रतिक्रिया