सुन लुट्ने भारतीय नागरिक लमजुङबाट पक्राउ

मंसिर १०, २०७९ | लमजुङ

सुन सफा गरिदिन्छु भनी ठगी गर्दै हिँड्ने एक भारतीय नागरिकलाई लमजुङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेगुसराई जिल्ला नावकोठी–१०, बिहारका २४ वर्षीय विवेक कुमार छन् । 

मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा ३ जना महिलाले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाएर विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

पक्राउ परेका ती युवकलाई शुक्रबार जिल्ला अदालत लमजुङबाट दिन ७ को म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जगदिश रेग्मीले बताउनुभयो । 

ती युवकका साथबाट प्लाष्टिकका बोत्तलहरुमा राखिएका विभिन्न रसायनिक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । विभिन्न बाहना बनाएर सुन तथा अन्य गहना सफा गरी टल्काइदिन्छु भनि ठगी गर्न कोही पनि आउन सक्ने भन्दै त्यस्ता व्यक्तिसँग सचेत रहन प्रहरीले अनुरोध समे गरेको छ । 


प्रतिक्रिया