स्याङजामा मतगणना सुरु हुँदै

मंसिर १४, २०७९

स्याङ्जा क्षेत्र नं.२ मा अहिले केहिबेरमा मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि सर्वदलिय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हाम्रा सहकर्मीले बताएका छन् । 

स्याङ्जा क्षेत्र नं. २ मा बुथ कब्जा गरेको भन्दै एमाले र कांग्रेसले एक–अर्कालाई आरोप लगाएका थिए । स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ ।  


प्रतिक्रिया