कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

मंसिर १६, २०७९ | कपिलवस्तु

कपिलवस्तुको सीमाको मायादेवी गाउँपालिकाको चाकरचौडामा बिहीबार राति १० बजे गोली प्रहार हुँदा एक भारतीय नागरिक घाईते भएका छन् । सीमासँग जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

चाकलचौडा बजारको एक मदिरा होटलमा रहेका खानमाथि दुई जनाले गोली प्रहार गरेको खुल्न आएको छ । तर, उनीहरु भारतीय वा नेपाली को हुन् खुल्न सकेको छैन । खानको काँध र कम्मरमा गोली लागेको छ ।

घाईते खानले फोन गरेर रातिनै आफन्तलाई बोलाएपछि थप उपचारका लागि उनलाई भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ । भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । 

घाईतेको आफन्तलाई नेपाली प्रहरी अधिकारीले भेटर घटना बारे सोधखोज थालेको छ । अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।


प्रतिक्रिया