टिकापुर घटनाका राजबन्दीलाई रिहा नगरे सम्म शपथ ग्रहण नगर्ने : चौधरी

मंसिर २०, २०७९

नागरिक उन्मुक्ती पार्टीका नेता एंव स्वतन्त्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य लालवीर चौधरीले टिकापुर घटनाका राजबन्दीलाई रिहा नगरेसम्म शपथ ग्रहण नगर्ने बताउनुभएको छ । 

बर्दिया २ बाट निर्वाचित चौधरीले सरकारले रेशम चौधरीसहित सात जना राजबन्दी लगायतको माग सम्बोधन नगरेसम्म शपथ ग्रहण नगर्ने बताउनुभयो । कान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उहाँले सरकारले माग सम्बोधन गरेपछि मात्र सत्तामा जाने वा प्रतिपक्षमा बस्ने निर्णय गर्ने बताउनुभयो । 

त्यस्तै प्रदेश सभा सदस्य राज कुमार चौधरीले पनि राजबन्दी रिहा लगायतका मुद्दामा अडिग भएकोले माग सम्बोधन नभए प्रदेशसभा सदस्यमा शपथ नलिने बताउनुभयो । 


प्रतिक्रिया