एमाले सरकारका जांदैन सशक्त प्रतिपक्षमा बस्छ - उपाध्यक्ष विष्णु पौडेल

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा जाने योजनामा नरहेको बताउनु भएको छ । बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै उहांले एमालेले जनमतको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहांले सरकारमा जान कुनै छलफल, अभ्यास नगरेको र सशक्त प्रतिपक्षमा बस्ने बताउनुभयो । 

जनमतका हिसाबले एमाले ठूलो पार्टी भएपनि प्राविधिक हिसाबले दोस्रो भएको उहांको भनाई थियो । उपाध्यक्ष पौडेलले आफ्नो बहुमत नपुगेका बेला जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता नरहेको बताउंदै सरकारमा जाने कुनै पहलकदमी नलिएको दाबी गर्नुभयो । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले प्रतिपक्षमा बसेपनि विकास, सुशाशन र लोकतन्त्रका वकालत गरिरहने उल्लेख गर्नुृभयो ।

फरक प्रसंगमा एमाले उपाध्यक्ष पौडेलले लुम्बिनी प्रदेश सरकारले रातारात मन्त्रालय सार्नु त्रुटिपूर्ण रहेको बताउनुभयो । उहांले प्रदेश सभाले स्थायी संरचना बनाएर मात्रै राजधानी सार्न निर्णय गरेकाले आफ्नै निर्णय विपरित काम गरेको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया