कालीकोटमा डोजर दुर्घटना, २ जनाको मृत्यु

मंसिर २४, २०७९ | कालीकोट

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका–१ का १७ वर्षीय चरित्र विक र १४ वर्षीय युवराज बुढाको मृत्यु भएको हो ।

 घाइते ३ जनाको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशय युक्त जलविद्युत आयोजनाको सुरुङ खन्ने त्रममा डोजर कर्णाली नदीमा खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिनुभयो । प्रहरीका अनुसार उमेश गिरी, रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन् ।


प्रतिक्रिया