गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित

मंसिर २७, २०७९ | काठमाडौं

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनु भएको छ । 

काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न पहिलो अधिवेशनले पाण्डेको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

 महासचिवमा एमालेबाट स्याङजाको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन हुनु भएको छ । सचिवमा सिन्धुलीको फिक्कल गाउपालिकाकी उपाध्यक्ष पार्वती सुनार चयन हुनु भएको छ । दलहरुको सहमतिका आधारमा नेतृत्व सर्वसम्मत चयन गरिएको हो । 


प्रतिक्रिया