कास्की पुगेर दाहालले भने-फेरि प्रधानमन्त्री बन्ने इच्छा छ

मंसिर २८, २०७९ | कास्की

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु फेरि प्रधानमन्त्री बन्ने तयारीमा रहेको दावी गर्नुभएको छ ।

 सत्तारुढ दलहरुवीच सत्तासमीकरण बनाउने पहल भइरहेका बेला दाहालले प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्नुभएको हो । कास्कीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अवसर पाएमा आफ्नो आगामी कार्यकाल ऐतिहासिक हुने दावी गर्नुभयो ।

गोरखा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष दाहालले चुनावताका भने, आफुलाई प्रधानमन्त्री बन्ने रहर नभएको प्रतिक्रिया दिनुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तेस्रो पार्टी भएपनि सत्तारुढ दलहरुसँगको सम्वादमा माओवादी केन्द्रले प्रधानमन्त्रीको दावी गर्दै आएको छ । 


प्रतिक्रिया