विराटनगरका उद्योगी राठी अपहरणमा संलग्न खताव पक्राउ

मंसिर २९, २०७९ | विराटनगर

मोरङका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी फिरौती लिएको अभियोगमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिराह–४ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका शहेन साह नामले चिनिने अब्दुल खताव छन् । 

विराटनगरस्थित मिडिया हाउस नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक समेत रहेका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाई १५ लाख रुपैयाँ फिरौती लिएको अभियोगमा अर्का सञ्चालक अब्दुल खतावलाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरेको हो । खतावलाई विराटनगर तिनपैनी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो । 

खतावले राठीलाई आफनै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै गत बुधबार अपहरण शैलीमा विराटनगर–६ स्थित कार्यालयमा पुर्‍याएर बन्धक बनाई १५ लाख रुपैयाँ तत्काल फिरौती लिएरको र बाँकी १५ लाख रुपैयाँ एकसाता पछि लिने शर्तमा छाडेका थिए । 

राठीले आफै सञ्चालक रहेको नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका अर्का सञ्चालक खतावले आफूलाई अपहरण शैलीमा घरबाट लगेर मिडिया हाउसमा बन्धक बनाएर फिरौती रकमको माग गर्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेर दिएका थिए । 

सुटिङ सकिने बित्तिकै खताव र अर्का सहयोगीले आफूलाई जेआई तारले हात र खुट्टा सोफामा बाँधेर ३० लाख रुपैयाँ फिरौती मागेको र तत्काल १५ लाख दिँदै बाँकी १५ लाख एकसातापछि दिने शर्तमा छुटेको राठीले जाहेरीमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया