महाकालि नदीमा बगेर एक बृद्धाको मृत्यु

पुस ९, २०७९ | दार्चुला

दार्चुला सदरमुकाम नजिक महाकालि नदीमा बगेर शनिबार दिउसो एक महिलाको मृत्यु भएको छ ।

 महाकालि नगरपालिका–४ स्थित बङ्गाबगरबाट महाकालि नदीमा खसेर ब्यास गाउँपालिका १ छाङ्रूकी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हो ।

नदीले बगाएर ल्याएको सो शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाँउमा भारततर्फ भेटिएको थियो ।

 भारतिय प्रहरिले ढुङ्गाको बिचमा अड्किएको शव निकालेर पोस्टमार्टमको लागि पिथौरागडको धार्चुला अस्पतालमा लगिएको छ । 


प्रतिक्रिया