डीएसपी ठगबहादुर सुन र नगदसहित प्रहरी नियन्त्रणमा

पुस ११, २०७९ | रुपन्देही

प्रहरी अनुसन्धान टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।

 प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको टोलीले डीएसपी केसीलाई हिजो साँझ निवासबाटै नियन्त्रणमा लिएको हो ।

 सुन कारोबारसम्बन्धी मुद्दामा व्यापारीसंग रकम असुली गरेको घटनामा मुछिएका केसीलाई अनुसन्धान गर्न भन्दै गएको प्रहरी टोलीले केसीको निवासमा समेत खानतलासी गरेको थियो । 

खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैया नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । 

मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो । 


प्रतिक्रिया