प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले लिए सपथ

पुस ११, २०७९ | मोरङ

प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले उनीहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

 ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

 जसमा आदिवासी जनजाति समुदायका ३९, खस/आर्य समुदायका ३७, मधेसी समुदायका ६, थारु र राजबंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जनाको प्रतिनिधित्व छ । 


प्रतिक्रिया