रुपन्देहीमा प्यूठानकी युवतीको रहस्यमय मृत्यु
पुस १३, २०७९ | बुटवल
प्यूठानकी एक युवतीको रुपन्देहीमा रहस्यमय मृत्यु भएको छ । दोषीलाई कारबाही प्रक्रियामा नल्याएको भन्दै मृतकको शव ९ दिनसम्म पनि उठ्न सकेको छैन ।
प्यूठानको प्यूठान नगरपालिका–५ जुम्रीकाँढा पूर्णगाउकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका १३ मा पुस ४ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
भित्र लालमती झुण्डीएको भएपनि कोठाको बाहिरबाट चाबी लगाइएको थियो । मृतकका परिवारले उनका प्रेमी जोर्डन विक्रम श्रेष्ठको नाममा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।
।
प्रहरीले आरोपितलाई पक्राउ नगरेपछि न्याय नपाएको भन्दै मृतका परिवारले शव नबुझेका हुन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएपनि अदालतले पक्राउ आदेश नदिँदा आरोपितलाइ पक्राउ गर्न नसकिएको बताउनुभयो ।