सूचिकृत बाहेक भाषामा शपथ नराउन माग

पुस १३, २०७९ | जनकपुर

भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा कार्यरत ९ अग्रणी संस्थाले राष्ट्रिय जनगणना तथा भाषा आयोगले सूचिकरण गरे बाहेकको भाषामा प्रदेश सांसदहरुलाई शपथ ग्रहण नगराउन मधेस प्रदेश संसद सचिवालयसँग माग गरेको छ । भाषा अभियन्ताहरुले मधेस प्रदेश संसद सचिवालयका सचिव रञ्जीत कुमार यादवलाई आज सो सम्बन्धमा लिखित रुपमा संयुक्त ध्यानाकर्षण गराएका हुन् ।

 त्यस्तै, ध्यानाकर्षण पत्रमा नेपाल सरकारको आधिकारिक दस्तावेजहरुले चिन्दै नचिनेको मधेसी भाषामा शपथ ग्रहण गर्न दिएर संघीय संसद सचिवालयले मुलुकमा भाषा विवाद सृजना गरेको आरोप छ । ध्यानाकर्षण पत्रमा भाषा आयोग र केन्द्रिय तथ्यांक विभागको दस्तावेजमा सूचिकरणमा परेका बाहेकको भाषामा केही संघीय सांसदले गरेको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग समेत गरिएको छ । पुस ७ गते संघीय सांसदहरुले शपथ ग्रहण गर्ने क्रममा तीन सांसदले मधेसी भाषामा शपथ लिएका थिए । 


प्रतिक्रिया