लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते

पुस १३, २०७९ | बुटवल

लुम्बिनी प्रदेशसभाको अधिवेशन यही पुस १८ मा सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो दिन दिउसो १ बजेका लागि प्रदेशसभा अधिवेशन आव्हान गर्नुभएको हो । 

 अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्ती मार्फत जनाइएको हो । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक देउखुरीम अधिवेशन हुन लागेको हो ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन् ।


प्रतिक्रिया