उषा हत्या प्रकरणः तीन महिलालाई थुनामा पठाउन अदालतको आदेश

पुस १५, २०७९ | सुनसरी

सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईलाई कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

अदालतले घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश समेत दिएको छ ।अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्का महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश दिएको हो ।

कुटपिटपछि घाईते भएकी उषाको उपचारको क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो श्रीमानसंग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समुह बोलाएर कात्तिक ३ गते कुटपिट गरेका थिए ।  ४५ बर्षीया उषाको पतिको दुइ बर्ष अघि मृत्यु भएको थियो । घटनमा संलग्न भएका भनिएका अन्य तीन आरोपी भने फरार छन् । 


प्रतिक्रिया