प्रदेश–१ का सामुदायिक क्याम्पसलाई अढाइ करोड अनुदान

पुस २१, २०७९ | धनकुटा

प्रदेश–१ को समाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर सुधारका लागि समुदायस्तरमा सञ्चालित क्याम्पसलाई अनुदान रकम उपलब्ध गराउने भएको छ । 

मन्त्रालयले प्रदेश शिक्षा निर्देशनालय धनकुटा मार्फत पूँजीगत अनुदान नपाएका प्रदेश–१ का १४ वटै जिल्लाका ४५ वटा सामुदायिक क्याम्पसलाई न्यूनतम ५ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने तयारी गरेको हो । 

अनुदान चाहने क्याम्पससँग निर्देशनालयले प्रस्तावका आकारमा सम्झौता गरिरहेको निर्देशनालयका शाखा अधिकृत पेशल कुमार राईले जानकारी दिनुभयो । 

छनोटमा परेका शैक्षिक संस्थाले पूर्वाधार सुधार, पुस्तकालय, खेल मैदान तथा रंगशाला निर्माण, स्तरोन्नति, खानेपानी र शैक्षिक सामग्री ब्यवस्थापन शीर्षकमा जम्मा २ करोड ४५ लाख रुपैयाँ रकम अनुदान स्वरुप पाउने भएका हुन् ।


प्रतिक्रिया