लुम्बिनीमा नयाँ सरकार गठनका लागि आहृवान

पुस २१, २०७९ | बुटवल

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आह्वान गर्नु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ७ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आव्हान भएको प्रदेश कार्यालयले जनाएको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ  ।

प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । केन्द्रको सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ९, नागरिक उन्मुक्ति र राप्रपाका ४/४ तथा जनमत र जसपाका ३/३ गरी ५२ जना सांसद पुग्छन् । 


प्रतिक्रिया