रुपन्देहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

पुस २२, २०७९ | बुटवल

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा १० गोगापुरका ५५ वर्षीय घुराह प्रसाद थारुको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

सोही वडाको क्षेत्रीटोलका भिमकुमार काउचाको घरको तेस्रो तलाको ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युतको हाईटेन्सन लाइनमा छुँदा दिउँसो १ बजे थारुको मृत्यु भएको हो ।

मृतकको शव पोष्ट मार्टमकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ ।  


प्रतिक्रिया