आजबाट चरा गणना शुरु

पुस २३, २०७९ | पूर्व नवलपरासी

मुलुकमा जलपन्छी गणना आज सुरु भएको छ । पानीमा बस्ने चराको संख्या र अवस्था पत्ता लगाउन गणना शुरु गरिएको हो ।

सिमसार क्षेत्र अन्तराष्ट्रिय संस्थाका नेपाल प्रतिनिधि डा. हेमशागर बरालका अनुसार नेपालका १६ जिल्लाका प्रमुख १५ वटा नदी र ताल तलैयामा रहेका चरा गणना शुरु भएको हो ।

गणनामा नेपालमा ३ सय भन्दा बढि स्यंमसेवकहरु परिचालन गरिएको छ । गणनाकालागि कोशी, बिशहजारी ताल, कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीसपुर ताल र कास्कीका तालहरुलाई प्राथामिकता दिइने छ ।

नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ८ सय ८९ प्रजातिका चरा बस्छन । जसमा २ सय चरा पानीमा आश्रित छन । चितवनमा मात्रै ६ सय ५२ प्रजातिका चरा रहेको तथ्यांक छ । 


प्रतिक्रिया