प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम

पुस २८, २०७९ | मोरङ

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका नेता बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीको प्रस्ताव र माओवादी केन्द्रका प्रदेश सांसद नारायण बहादुर बुर्जामगरको समर्थनमा गौतम सभामुख हुनुभएको हो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतम निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको प्रदेशसभा कार्यालयले जनाएको छ । गौतमले आजै प्रदेश प्रमुख पर्शुराम खापुङ्ग समक्ष पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । उहाँ गत निर्वाचनमा ओखलढुंगाबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 


प्रतिक्रिया