तस्करी रोक्न जमुनाह नाकामा अभियान
पुस २९, २०७९ | नेपालगञ्ज
नेपालगञ्जस्थित जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको छ ।
अभियान अन्तर्गत भारतबाट तस्करी गर्दै नेपाल ल्याइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले एक हप्ता सम्म अवैध रुपमा नाका हुँदै लैजाँदै गरेको पाँच लाख बराबरको विभिन्न सामाग्री बरामद गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध तस्करी रोक्न देशैभरका सीडीओ तथा प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको थियो । पहिलेको तुलनामा पछिल्ला दिनहरूमा नाकामा हुने तस्करीमा समेत कमी आएको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले बताउनुभयो ।









