२३ वर्षपछि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

माघ ११, २०७९ | बर्दिया

जबरजस्ती करणी अभियोगमा फरार रहेका एक अभियुक्त २३ वर्षपछि बर्दियाबाट पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाह छन् । जिल्ला अदालत बर्दियाको २०५६ साल असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्त शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

 शाहलाई अदालतको आदेशले कैद भुक्तानका लागि बर्दिया कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो । 


प्रतिक्रिया