इटहरीमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन सुरु

माघ १३, २०७९ | सुनसरी

सुनसरीको इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन थालेको छ ।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपासका क्षेत्रमा पर्ने त्यस्ता संरचनामा डोजर लगाउनसुरु गरेको हो ।

पहिलो दिन शुक्रबार ६ लेन सडक विस्तार क्षेत्रभित्र पर्ने संरचना माथी डोजर चलाइएको हो ।

पटक पटक सुचना जारी गर्दा अनाधिकृत संरचना नहटेपछि नगरपालिकाले हटाउन सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया